युवामाझ लोकप्रिय व्यवसायी अमिर सुनार रास्वपाको सूचीमा
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले युवा व्यवसायी तथा बहुप्रतिभाशाली व्यक्तित्व अमिर सुनारलाई आफ्नो समानुपातिक उम्मेदवारको सूचीमा समावेश गरेको छ। पार्टीले समावेशिता, क्षमता र योग्यता आधारमा नेतृत्व अगाडि बढाउने नीतिअनुसार उनलाई सूचीमा राखेको जनाएको छ।
अमिर सुनार सामाजिक, बौद्धिक र सिर्जनात्मक क्षेत्रमा सक्रिय रहँदै आएका युवा हुन्। उनी युवामाझ लोकप्रिय हुनुका साथै सामाजिक रूपान्तरण र सकारात्मक सोच प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आएका छन्। सानैदेखि साहसी र आत्...


