×

मध्य नेपाल

आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरू

आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरू
काठमाडौं- पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ।आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना सुरु गर्दै छन्। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ।पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत् हुन्छ। बिहान माघ स्नान गरी मध्याह्नक...

गुल्मीमा बसको ठक्करबाट दुई जनाको मृत्यु, एक नाबालक घाइते

गुल्मीमा बसको ठक्करबाट दुई जनाको मृत्यु, एक नाबालक घाइते
गुल्मी -गुल्मीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एक नाबालक घाइते भएका छन्। जिल्लाको मालिका गाउँपालिका–६ राम्चेमा शुक्रबार बिहान करिब ८ बजे लुम्बिनी प्रदेश ०० ख ०३५५ नम्बरको बसले लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनामा मोटरसाइकल चालक ३६ वर्षीय वसन्त अर्याल र ६० वर्षीया मनकला अर्यालको मृत्यु भएको वडा नं. ६ का वडाध्यक्ष दीपक भण्डारीले जानकारी दिए। दुर्घटनामा मोटरसाइकलमा सवार ६ वर्षीय अनुभव गिरी घाइते भएका छन्। उनीहरूको उपचार भइरहेक...

गैंडाकोटमा चिसोका कारण भोलि सबै विद्यालय बन्द

गैंडाकोटमा चिसोका कारण भोलि सबै विद्यालय बन्द
गैंडाकोट-   गैंडाकोट नगरपालिकाले अत्यधिक चिसो बढेपछि भोलि अर्थात् पौष १६ गते नगरभित्र सञ्चालित सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगर कार्यपालिकाको कार्यालय, गैंडाकोटले जारी गरेको सूचनाअनुसार चिसोका कारण जनजीवन प्रभावित हुनुका साथै बालबालिकाको विद्यालय आवतजावत र पठनपाठनमा समस्या देखिएकाले नगर प्रमुखस्तरीय निर्णयबाट विद्यालय बन्द गरिएको हो। निर्णयअनुसार गैंडाकोट नगरपालिकाभित्र सञ्चालित सम्पूर्ण विद्यालय (पूर्वप्राथमिक तथा मन्टेश्वरी समेत) पौष १६ गते एक दिनका लागि बन्द रह...

कुलमान घिसिङलाई उपसभापति बनाउने सहमतिमा रास्वपा तयार

कुलमान घिसिङलाई उपसभापति बनाउने सहमतिमा रास्वपा तयार
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उर्जा मन्त्री कुलमान घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमतिमा पुगेको छ। स्रोतका अनुसार सोमबार भएको सहमतिअनुसार पार्टी सभापति रवि लामिछानेपछि दोस्रो वरियतामा रहने गरी घिसिङलाई उपसभापतिको जिम्मेवारी दिने सहमति भएको हो। यसअघि रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहलाई क्रमशः सभापति र प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको बताइएको थियो। स्रोतका अनुसार त्रिपक्षीय सहमतिमा बालेन साह तेस्रो वरियता...

रवि, बालेन र कुलमान मिलाएँ, अब सिभिलियन फोर्स गठन गर्छु – सुदन गुरुङ

रवि, बालेन र कुलमान मिलाएँ, अब सिभिलियन फोर्स गठन गर्छु – सुदन गुरुङ
काठमाडौँ । ‘द काउन्सिल अफ जेनजी’ का संयोजक सुदन गुरुङले अब देशव्यापी सिभिलियन फोर्स गठन गर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उज्यालो नेपालका कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह  बीच एकता सहमति भएपछि गुरुङले अब सिभिलियन फोर्स गठन गर्ने बताएका हुन् । ‘मैले गोरखनाथमा खाएको कसम पूरा गरेँ । जनताको खुसी हुने काम गरेँ,’ उनले  भने, ‘चुनाव त मेरो प्राथमिकतामा छैन । धेरै नेशनल समस्या हल गर्नुपर्ने छ । अब १-२ तारिक (जनवरी) मा सि...

चिसो बढेपछि भरतपुर महानगरपालिकाका विद्यालयमा बिदा

चिसो बढेपछि भरतपुर महानगरपालिकाका विद्यालयमा बिदा
भरतपुर- केही दिनदेखि बढेको चिसो र सोमबार चलेको शीतलहरका कारण चितवनको भरतपुर लगायतका क्षेत्रमा जनजिवन प्रभावित बनेको छ । जसका कारण विद्यालयमा बालबालिकाको आवागमन र पठनपाठन समेत प्रभावित भएको छ । जनप्रतिनिधि,अभिभावक,विद्यालय र सरोकारवालाको सुझाबका आधारमा भरतपुर महानगरपालिकाले एक दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको छ । आजको निर्णय अनुसार पुस १६ गतेका दिन भरतपुर महानगरपालिका भित्र संचालित सबै विद्यालय (पूर्वप्राथमिक मन्टेश्वरीसमेत) लाई बिदा दिने निर्णय गरिएको महानगरपाल...

उद्योग वाणिज्य संघ चितवनको निर्वाचनमा २५ पदका लागि ४१ उम्मेदवार

उद्योग वाणिज्य संघ चितवनको निर्वाचनमा २५ पदका लागि ४१ उम्मेदवार
चितवन । उद्योग वाणिज्य संघ चितवनको आगामी निर्वाचनमा २५ पदका लागि ४१ जनाको उम्मेदवारी परेको छ। पुस २१ गते हुने निर्वाचनका लागि आइतबार सम्पन्न मनोनयन दर्तामा अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी र यसअघि पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका शिरिष पन्तले उम्मेदवारी दर्ता गराएका छन्। वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्र ओली र लोबहादुर रानाभाटको उम्मेदवारी परेको छ। यस्तै उद्योगतर्फको उपाध्यक्षमा अशोक अधिकारी र जनक पौडेल, वाणिज्यतर्फको उपाध्यक्षमा गुणराज पौडेल र नारायण...

रविका दाजु हरिशरण लामिछानेद्वारा काठमाडौँ मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा

रविका दाजु हरिशरण लामिछानेद्वारा काठमाडौँ मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच मध्यराति भएको भनिएको समझदारीलाई सकारात्मक रूपमा लिँदै रवि लामिछानेका दाजु तथा रेडियोकर्मी हरिशरण लामिछानेले काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। लामिछानेले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिमा दुई भाइबीचको समझदारीप्रति सम्मान र खुशी व्यक्त गर्दै आगामी स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको भावी मेयर पदमा आफ्नो स्वतन्...

रास्वपा र बालेन शाहबीच ७ बुँदे एकता सम्झौता, बालेन भावी प्रधानमन्त्रीका रूपमा अघि सारिने

रास्वपा र बालेन शाहबीच ७ बुँदे एकता सम्झौता, बालेन भावी प्रधानमन्त्रीका रूपमा अघि सारिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच एकता गर्ने सहमति भएको छ। उनीहरूबीच  ७ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौताअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापतिमा रवि लामिछाने रहनेछन् भने आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा बालेन्द्र शाहलाई अघि सारिने भएको छ। सम्झौतामा पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने, चुनाव चिन्ह घण्टी कायम ...