×

गैँडाकोट – सिं. स. २० औँ सिनियर डिभिजन तालिम अन्तर्गत सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयमा सञ्चालन गरिएको विद्यालयस्तरीय तालिम सम्पन्न भएपछि विद्यालयका ३० जना विद्यार्थीहरू २१ दिने आवासीय तालिमका लागि हात्तिखोरस्थित शिविरतर्फ प्रस्थान गरेका छन्।

विद्यार्थीहरूको प्रस्थानको अवसरमा विद्यालय परिसरमा आयोजित विदाई कार्यक्रममा विद्यार्थीहरूलाई सफल तालिमको शुभकामना दिइएको थियो। कार्यक्रममा वक्ताहरूले अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र राष्ट्रसेवाको भावनालाई जीवनमा आत्मसात् गर्न आग्रह गरेका थिए।

कार्यक्रममा विद्यालयका अभिभावक, विद्यार्थी तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विदाई कार्यक्रममा समन्वय शिक्षक भिम बहादुर पराजुली, विद्यालयका प्राचार्य भरत बाबु कंडेल, विद्यालय सञ्चालक समितिका अध्यक्ष चोक्षा देवी देवकोटा कंडेल, प्रशासन प्रमुख आरती अर्याल कंडेल तथा NCC प्रशिक्षक सन्तोष रेग्मीको उपस्थिति रहेको थियो। साथै अभिभावक दल बहादुर रानाको उपस्थितिले कार्यक्रमलाई थप प्रभावकारी बनाएको विद्यालयले जनाएको छ।

विद्यालय प्रशासनका अनुसार उक्त तालिमले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व विकास, आत्मनिर्भरता तथा जिम्मेवार नागरिक बन्ने चेतनाको अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।विद्यालय परिवारले तालिममा सहभागी सम्पूर्ण विद्यार्थीहरूको सुरक्षित यात्रा, सफल तालिम र उज्ज्वल भविष्यको कामना गरेको छ।

तपाईको प्रतिक्रिया