काठमाडौँ । एकै दिन ५० लाख एसएमएस पठाएर जनतालाई आतङ्कित पार्ने चितवनका ३४ वर्षीय निर्देश सेढाईं पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मङ्गलबार काठमाडौँको हात्तीसारबाट उनलाई पक्राउ गरेको हो ।
सोमबार एटी अलर्टको बल्क एसएमएस सिस्टम दुरुपयोग गर्दै उनले ३० पुसको १२ बजे राजावादी प्रदर्शनमा आउन आह्वान गरेका थिए । हामीले मङ्गलबार राति ८ बजे सेढाईंलाई नियन्त्रणमा लिएका हौं, कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले भने, अहिले विस्तृत अनुसन्धान र सोधपुछको काम भइरहेको छ ।
सेढाईं वेदव्यास इन्टरप्राइचेज नामक कम्पनी सञ्चालन गर्दै आएका थिए । सोही कम्पनीको नामबाट उनले विभिन्न एसएमएस प्रदायकबाट सेवा लिएका थिए र एकै दिन लाखौँ एसएमएस पठाएका थिए । यसले व्यक्तिगत गोपनीयताको हनन गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।





















उज्यालो खबर










