×

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूह र विशेष महाधिवेशन समूहबीच केही विषय सहमतिउन्मुख भए पनि केही विषय भने पेचिलो बनेको छ ।आझ भएको त्रिपक्षीय वार्तामा विशेष महाधिवेशनलाई पार्टीले नै स्वामित्व लिने विषयमा संस्थापन समूह पनि लचक देखिएको छ ।तर सभापति शेरबहादुर देउवा राजनीतिबाट अलग हुने भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।

त्यस्तै आसन्न प्रतिनिधिसभा निर्वाचनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर गर्नुपर्ने विषय पनि टुंगिन बाँकी छ ।विशेष महाधिवेशन पक्षबाट वार्तामा सहभागी भएका प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरुराज घिमिरेले राखेको यो प्रस्तावबारे संस्थापन समूहबाट वार्तामा रहेका बालकृष्ण खाण र रमेश लेखकले निर्णय सुनाउन सकेनन् ।

विशेष पक्षले निर्वाचन केन्द्रीत अभियान सुरु गर्न कार्यबाहक सभापतिको संयोजकत्वमा समिति बनाउन पनि प्रस्ताव गरेको छ ।सबै कुरामा सहमति जुटेको खण्डमा कार्यबाहक सभापति खड्का विशेष महाधिवेशन स्थलमा आएर सहमतिलाई हलबाट घोषणा गर्नुपर्ने विशेष पक्षको अर्को प्रस्ताव छ ।

त्यसपछि लेखक र खाणले यसबारे सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई जानकारी गराएर मात्रै निर्णय सुनाउन सक्ने बताएका थिए ।लेखक र खाण अहिले देउवा निवास महाराजगञ्ज पुगेका छन् ।

तपाईको प्रतिक्रिया