×

चितवन- चितवन उद्योग वाणिज्य संघको निर्वाचन भोलि बिहान ८ बजेदेखि सुरु हुने भएको छ। निर्वाचन नजिकिँदै जाँदा उपाध्यक्ष पदका उम्मेदवार शंकरप्रसाद घिमिरे एकदमै मजबुत उम्मेदवारका रूपमा उभिएका छन्। हालको माहोल र व्यवसायीहरूको समर्थनलाई हेर्दा उनी जितको नजिक पुगेका छन्।

व्यवसायी समुदायमा लामो समयदेखि सक्रिय घिमिरे व्यवसायीहरूको विश्वास जित्न सफल उम्मेदवारका रूपमा चिनिन्छन्। संघभित्र सबैलाई समेट्ने, सबैको अपनत्व हुने र साझा संस्थाका रूपमा उवासंघलाई अगाडि बढाउने उनको प्रतिबद्धताले मतदाताहरू आकर्षित भएका छन्।

घिमिरेले निर्वाचनलाई व्यवसायीहरूको हकहितका लागि महत्वपूर्ण अवसरका रूपमा उल्लेख गर्दै सम्पूर्ण मतदाता व्यवसायीहरूलाई मतदानमा सहभागी भई आफूलाई मत दिन अपिल गरेका छन्। “संघ कुनै एक समूहको होइन, सबै व्यवसायीको साझा घर हो,” भन्दै उनले संघलाई एकताबद्ध, समावेशी र बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

भोलि हुने निर्वाचनलाई लिएर संघ परिसरमा उत्साह बढ्दो छ भने समर्थन र मत माग्ने गतिविधि पनि तीव्र बनेका छन्।

तपाईको प्रतिक्रिया