गैंडाकोट- गैंडाकोट नगरपालिकाले अत्यधिक चिसो बढेपछि भोलि अर्थात् पौष १६ गते नगरभित्र सञ्चालित सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
नगर कार्यपालिकाको कार्यालय, गैंडाकोटले जारी गरेको सूचनाअनुसार चिसोका कारण जनजीवन प्रभावित हुनुका साथै बालबालिकाको विद्यालय आवतजावत र पठनपाठनमा समस्या देखिएकाले नगर प्रमुखस्तरीय निर्णयबाट विद्यालय बन्द गरिएको हो। निर्णयअनुसार गैंडाकोट नगरपालिकाभित्र सञ्चालित सम्पूर्ण विद्यालय (पूर्वप्राथमिक तथा मन्टेश्वरी समेत) पौष १६ गते एक दिनका लागि बन्द रहनेछन्।
नगरपालिकाले विद्यालय बन्दको अवधिमा अभिभावकहरूलाई आफ्ना बालबालिकालाई चिसोबाट जोगाउन आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। साथै विद्यालयहरूलाई पनि सोहीअनुसार आफ्ना विद्यार्थीलाई आवश्यक निर्देशन दिन अनुरोध गरिएको छ।




उज्यालो खबर




