चितवन । उद्योग वाणिज्य संघ चितवनको आगामी निर्वाचनमा २५ पदका लागि ४१ जनाको उम्मेदवारी परेको छ। पुस २१ गते हुने निर्वाचनका लागि आइतबार सम्पन्न मनोनयन दर्तामा अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी र यसअघि पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका शिरिष पन्तले उम्मेदवारी दर्ता गराएका छन्।
वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्र ओली र लोबहादुर रानाभाटको उम्मेदवारी परेको छ। यस्तै उद्योगतर्फको उपाध्यक्षमा अशोक अधिकारी र जनक पौडेल, वाणिज्यतर्फको उपाध्यक्षमा गुणराज पौडेल र नारायण प्रधान तथा वस्तुगततर्फको उपाध्यक्षमा राजन पिया, लिलबहादुर क्षेत्री र शंकर अधिकारी गरी तीन जनाको उम्मेदवारी परेको छ।
कार्यसमिति सदस्यअन्तर्गत महिला तर्फ बिन्जु राज कर्णिकार श्रेष्ठ र सुनिता लिगल कर्मचार्यबीच प्रतिस्पर्धा हुने भएको छ। कर्पोरेट र क्षेत्रीय संघतर्फका सदस्य भने निर्विरोध निर्वाचित भएका छन्। कर्पोरेटतर्फ अशोक लामिछाने र अमित कौडाल तथा क्षेत्रीय संघतर्फ रेशम आचार्य (तुलसी)को मात्र उम्मेदवारी दर्ता भएको थियो।
उद्योगतर्फको कार्यसमिति सदस्यमा अनिल अधिकारी, अशोक श्रेष्ठ, इमान्दु बराल, उपेन्द्र पण्डित, कृष्णकुमार महतो, शंकर अधिकारी, सन्तोष देवकोटा र हेमराज सिग्देल (हरी) गरी आठ जनाको उम्मेदवारी परेको छ।
वाणिज्यतर्फको कार्यसमिति सदस्यमा अस्मिता तिमल्सिना, गौरव श्रेष्ठ, विष्णु लम्साल, दीपक काफ्ले, नरेश खनाल, नवराज कँडेल, प्रविन आचार्य, मुकुन्द प्रसाद गौतम, राजेन्द्र चापागाईं र श्रीकृष्ण लम्साल उम्मेदवार रहेका छन्।
वस्तुगततर्फको कार्यसमिति सदस्यमा आरती गोपालमूर्ति साह, कमल प्रसाद उपाध्याय, नवराज सुवेदी, निर्मल पौडेल, बुद्धिसागर कँडेल, लोकनाथ भट्ट (कृष्ण) र सुरेश गुप्ता रहेका छन्।
संघको अधिवेशनबाट २५ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ। जसअन्तर्गत पाँच जना पदाधिकारीसहित उद्योग र वाणिज्यतर्फ ६–६ जना, वस्तुगततर्फ चार जना, महिला एक जना, एसोसिएटतर्फ दुई जना तथा क्षेत्रीयतर्फ एक जना निर्वाचित हुने व्यवस्था छ। साथै तीन जना सदस्य र चार जना विशिष्ट सदस्य मनोनीत गरिनेछ।



उज्यालो खबर




