×

मध्य नेपाल

माघ ३० गते देशभर सार्वजनिक विदा !

माघ ३० गते देशभर सार्वजनिक विदा !
नवलपुर । आगामी शुक्रबार देशभर सार्वजनिक विदा दिइएको छ । सरकारले यहि माघ ३० गते शुक्रबार सोनाम ल्होछारका अवसरमा सार्वजनिक विदा दिएको हो । माघ २६ गते बसेकाे बैठकले सार्वजनिक विदाका सन्दर्भमा निर्णय गरेकाे गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले जानकारी दिए ।  

हेटौंडामा आजदेखि राष्ट्रिय छोरी सम्मेलन

हेटौंडामा आजदेखि राष्ट्रिय छोरी सम्मेलन
सांकेतिक तस्वीर मकवानपुर । वाग्मती प्रदेशको राजधानी हेटौंडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी छोरी सम्मेलन हुने भएको छ ।मेचीदेखि महाकाली, हिमाल, पहाड तराईका छोरीबेटी तथा महिला अधिकारकर्मीहरुको एकता गर्ने उद्देश्यले हेटौंडामा माघ २९ गतेसम्म तीनदिने तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुन लागेको हो । समाजमा हुने महिला हिंसालगायत विभिन्न कूप्रथाविरुद्ध र लैङ्गिक समानता र समावेशी अधिकारका लागि ‘आसनमा महिला, भाषणमा महिला र शासनमा महिला’ भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गरिएको सम्म...

भागरथी हत्या प्रकरण : परीक्षणका लागि भेजाइनल स्वाब काठमाण्डौ पठाइयो

भागरथी हत्या प्रकरण : परीक्षणका लागि भेजाइनल स्वाब काठमाण्डौ पठाइयो
बैतडी- दोगडकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाण्डौ पठाइएको छ । बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएकी भागरथीको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो । घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशङ्का गरिएकाले स्वाब परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ । स्वाब परीक्षणले थप अनुसन्धानका लागि सहज हुने प्रहरी प्रवक्ता जनक धाँमीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,ुघटनास्थलबाट प्राप्त भएका सम्...

नारायणगढ मुग्लिन सडकखण्डमा भासिएको सडक मर्मत सुरु

नारायणगढ मुग्लिन सडकखण्डमा भासिएको सडक मर्मत सुरु
चितवन । सडक विस्तार सकिएको केही महिनामा नै विभिन्न ठाँउमा भासिएको नारायणगढ मुग्लिन सडकखण्डमा मर्मतको काम सुरु भएको छ । सडकखण्डको १७ किलो, २५ किलो र २६ किलोमा सडक भासिएको थियो । सबैभन्दा बढी भासिएर क्षति भएको १७ किलोमा त्रिशूली नदीको किनारबाट नै पाइलिङ प्रविधिका आधारमा उठाएर सडक मर्मत गर्न लागिएको हो । नदी किनारभन्दा केही माथि १३ मिटर गहिरो ८० सेन्टिमिटर गोलाइमा डण्डी र क्रंक्रिट हालेर भासिएको भाग मर्मत गर्न लागिएको हो । यो ठाँउमा २५ मिटर भागमा ‘पायल मेथड’का आधारमा काम ह...

भागरथी हत्या प्रकरण : प्रहरीको अनुसन्धान तीव्र, दोषी पत्ता नलागेसम्म आफन्तले शव नबुझ्ने

भागरथी हत्या प्रकरण : प्रहरीको अनुसन्धान तीव्र, दोषी पत्ता नलागेसम्म आफन्तले शव नबुझ्ने
काठमाण्डौ- बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया भागरथी भट्टको हत्या अनुसन्धान तीव्ररुपमा अघि बढाइएको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि प्रहरीले सम्पूर्ण जनशक्ति परिचालन गरेको बताएको छ । घटना विवरण बुझ्न सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीसमेत हिजो बैतडी पुग्नुभएको छ । तालिमप्राप्त कुकुरले भागरथीको हत्या भएको जङ्गल क्षेत्र पूरै ‘सर्च’ गरेको प्रहरीले छ । प्रहरीले भागरथीका आफन्तसँग सोधपुछ गर्नुका साथै शङ्कास्पद व्यक्तिमाथि निगरानी बढाएर सूक्ष्म अध्ययन...

क्रियाशिल महिला पत्रकार नवलपुरको अध्यक्षमा ज्ञानु पङ्गेनी

क्रियाशिल महिला  पत्रकार नवलपुरको अध्यक्षमा ज्ञानु पङ्गेनी
नवलपुर । क्रियाशिल महिला पत्रकार (डब्लु डब्लु जे) नवलपुरको प्रथम भेलाले बुधबार ७ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको छ । सस्थाको अध्यक्षमा ज्ञानु पङ्गेनी, उपाध्यक्षमा शारदा झेंडीमगर, सचीवमा राधिका भुसाल, र कोषाध्यक्षमा मिनाक्षी कंडेल चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा माया कंडेल, एलिना केसी र गंगा बिश्वकर्मा चयन हुनु भएको नवनिर्वाचित उपाध्यक्ष शारदा झेंंडीमगरले बताउनु भयो । कार्यक्रम संस्थाकी अध्यक्ष धनु भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

चितवनमा प्रचण्ड -माधव (समूह) को मसाल जुलुसलाई प्रहरीले लखेट्यो (फाेटो सहित)

चितवनमा प्रचण्ड -माधव (समूह) को मसाल जुलुसलाई प्रहरीले लखेट्यो (फाेटो सहित)
चितवन । विभिन्न संवैधानिक निकायमा प्रमुख र पदाधिकारी नियुक्ति पश्चात आत्तिएको नेकपा प्रचण्ड माधव समूहले भोलीको आमहडताल सफल पार्न भन्दै चितवनमा आज साँझ निकालेको मसाल जुलुसलाई प्रहरीले लखेटेको छ। नारायणगढ स्थित लायन्सचोकबाट निक्लेको मसाल जुलुसलाई प्रहरीले तितरवितर पार्दै अवरोध गरेको हो । पुल्चोकमा पुगेर कोणसभा गर्ने तयारी गरेको प्रचण्ड माधव समूको मसाल जुलुस शहिदचोकमै कोणसभामा परिणत भयो । मसाल जुलुसमा सहभागी युवाहरुले समातेको मसाललाई प्रहरीले खोसेर सडक किनारको नालीमा फालेको थ...

प्रचण्ड-नेपाल पक्षको भोलिको आमहड्ताल : भोलि के–के खुल्छ के–के बन्द हुन्छ (विज्ञप्तिसहित)

प्रचण्ड-नेपाल पक्षको भोलिको आमहड्ताल : भोलि के–के खुल्छ के–के बन्द हुन्छ (विज्ञप्तिसहित)
काठमाडौं । विहीवार भोलि नेकपा प्रचण्ड–माधव नेपाल पक्षले गर्ने आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने स्पष्ट पारेको छ । यस्तै विद्यार्थीहरुको परीक्षा सञ्चालनमा पनि कुनै अवरोध हुनेछैन । प्रचण्ड नेपाल पक्षले  संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा आह्वान गरेको आन्दोलनका कार्यक्रमबारे जानकारी दिन बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा यातायत, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुने जानकारी दिइयो । पत...

ताप्लेजुङको सिनाममा आगलागी हुँदा पाँच घर जलेर नष्ट

ताप्लेजुङको सिनाममा आगलागी हुँदा पाँच घर जलेर नष्ट
ताप्लेजुङ – ताप्लेजुङको सिनाममा आगलागीमा परि पाँच घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार दिउँसो करिब ४ बजेतिर आगलागी भएको थियो । सिरिजंघा १ सिनाम डाँडा गाउँका दीपेन्द्र गिरी, टेकनाथ गिरी, शान्तिराम गिरी र दीपक गिरीको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो । प्रहरी कार्यालका अनुसार बच्चाले भान्सामा आगो फुक्ने क्रममा घरमा आगो सल्किएको हो ।...