सूर्य चिन्ह आफुहरुकै हुने प्रचण्डकाे दावी
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले आफूहरुकै पक्षमा निर्णय गर्ने दाबी गरेका छन् ।
सोमबार पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतको फैसलापछि ओली समूह पाहा पछारिए झैं पछारिएको बताए । तैपनि ओली समूहका नेताहरुले हामी झन् बलियो भयौं भन्न थालेको भन्दै उनले भने, ‘यो के अचम्म हो रु पाहा पछारिए झैं पछारिने, अनि जित्यौं रे ।’
सर्वोच्चको ...


