Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले यात्रु तानातान गर्ने ६ जना विचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ बेशिसहर ८ का २२ बर्षिय अमृत परियार, चितवन भरतपुर महानगरपालिका १० का ४० वर्षिय बसन्त रानामगर, भरतपुर १२ का ४२ वर्षीय सुजन थापामगर, भरतपुर ११ का ३२ वर्षीय दिलिप अधिकारी,भरतपुर ४ का २५ बर्षिय रोशन खत्री र कास्की पोखरा महानगरपालिका २६ का २५ वर्षीय निशान तामाङ रहेका छन ।

उनीहरुलाई आइतबार नारायणगढको पुल्चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनिहरुले यात्रु तानातान गर्ने, जथाभावि भाडा माग्ने, यात्रु तथा सवारीसाधनलाई हैरानी पार्ने, अनावश्यक सवारिसाधन रोक्न लगाई आवागमनमा बाधा पार्ने गरेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सुर्य थापाले जानकारी दिनुभयो । उनिहरुले आफ्नो कार्यक्षत्रमा खटिएका प्रहरीलाई समेत अवरोध पु¥याउने गरेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया