Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपीलाई पक्राउ गर्न सफल भएकोमा नेपाल प्रहरीसहितको टिमलाई धन्यवाद दिएका छन् ।

गृहमन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत घटनाको सफल अनुसन्धान गर्दै अभियुक्त पक्राउ गर्न सफल भएकोमा नेपाल प्रहरीसहितको टिमलाई धन्यवाद दिएका हुन् ।

गृहमन्त्री थापाले फेसबुकमा लेखेका छन्- ‘बैतडीकी भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त कानुनी कारबाहीको दायरामा आएका छन् । निकै संवेदनशील रहेको यस घटनाको सफल अनुसन्धान गर्दै अभियुक्त पक्राउ गर्न सफल नेपाल प्रहरी सहितको टिमलाई धन्यवाद । सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न गृहमन्त्रालय संवेदनशील रहेको तथा यस्ता घटनामा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन प्रतिवद्ध रहेको दोहोर्‍याउन चाहन्छु ।’

तपाईको प्रतिक्रिया