Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं. ५ ले राष्ट्रिय परिचयत्रको विवरण संकलनको क्रममा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै दर्ता कम्प्युटर अपरेटरलाई सम्मान गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १४ दाङ निवासी कम्प्युटर अपरेटर शुशिला जि.सी.लाई प्रशंसा पत्रद्धारा सम्मान गरिएको वडा अध्यक्ष नवराज कंडेलले जानकारी दिए ।
माघ ६ गतेदेखि फागुन १ गतेसम्म भएको परिचयपत्रको विवरण संकलनको क्रममा जि.सीले कार्यालय समयका अतिरिक्त थप समयमा समेत सेवा गरेर काममा खटिएकी थिईन । उनले अरुले भन्दा छिटो र धेरै विवरण संकलन गरेको अध्यक्ष कंडेलले बताए ।
वडाका अलग अलग स्थानमा राखिएको संकलन केन्द्र मार्फत वडा नम्बर ५ मा ४ हजार ७३ जनाको विवरण संकलन गरिएको वडा नं. ५ ले जनाएको छ ।

तपाईको प्रतिक्रिया