×

चितवन । चितवनको लक्की मिडिया हाउसको गौरवमय पांँचौ बार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मानित गरिएको छ । सोमबार भरतपुरमा आयोजित शुभकामना तथा सम्मान कार्यक्रममा उनीहरु सम्मानित भएका हुन । मिडिया हाउसले विभिन्न विधा तथा क्षेत्रमा समाज रुपान्तरण र विकासमा भूमिका खेल्ने व्यक्तित्वलाई सम्मानित गरेको हो ।

सम्मानित हुनेमा चिकित्सा विधामा भरतपुर अस्पतालका मेडिसिन विभाग प्रमुख एवम् नेपाल चिकित्सक संघ चितवन शाखाका निवर्तमान अध्यक्ष डाक्टर प्रकाश खतिवडा, पुरानो मेडिकल कलेजका वरिष्ठ युरोलोजिष्ट डाक्टर सुदिपराज केसी र भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर ओमकृष्ण पाठक रहेका छन । शिक्षाकर्मी सम्मान अन्र्तगत ग्रीनल्याण्ड पब्लिक स्कुलकी प्राचार्य एवं मेट्रो प्याव्सनका उपाध्यक्ष इन्दिरा कार्की , लिटिल फ्लावर स्कुल, नारायणगढका प्राचार्य फादर रोवी र अर्किड स्कुल, भरतपुरका सह प्राचार्य ओमराज मैनालीलाई सम्मानित गरिएको छ ।

यस्तै बार्षिकोत्सव अवसरमा सम्मानित हुनेहरुमा नेपाली सिने क्षेत्रकी नायिका आंँचल शर्मा र अभिनेता विपिन कार्की रहेका छन । खेल विधा अन्तर्गत नवलपुर र चितवनका गरी तीन खेलाडी सम्मानित भएका छन । नवलपरासी – वर्दघाट सुस्तापूर्व जिल्ला फुटवलका संघका महासचिव लक्ष्मण कार्की, एएफसी फुटवल संघका प्रशिक्षक कृष्ण कार्की र ए डिभिजनका फुटबल खेलाडी प्रदिप भण्डारीलाई सम्मान गरिएको हो ।

यस्तै सो अवसरमा चितवनका दुई पत्रकारलाई पनि सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा चितवनमा रहेर राष्ट्रिय तथा स्थानीय स्तरका सञ्चारमाध्यमा क्रियाशील पत्रकार सूर्यप्रसाद अधिकारी र चितवनमा दुई दशकभन्दा बढी रेडियो पत्रकारिता गरेका दिनेश श्रेष्ठ “पासा” रहेका छन ।

सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांँग्रेसका केन्द्रीय सदस्य गगन थापा, विशिष्ट अतिथि वरिष्ठ कलाकार नीर शाह र लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की “लक्की” ले सम्मानपत्र सहित दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

तपाईको प्रतिक्रिया