गैंडाकोट पम्पिङ स्किममा चुनावी महासंग्राम, अध्यक्षदेखि संस्थापकसम्म मैदानमा
गैंडाकोट । गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको ७औँ अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आगामी जेठ ३० गते निर्वाचन हुँदैछ। निर्वाचन नजिकिँदै जाँदा संस्थाभित्र चुनावी सरगर्मी बढेको छ भने नेतृत्व चयनमा सकेसम्म सहमति कायम गर्ने प्रयास पनि तीव्र बनेको छ। सहमतिमै नेतृत्व चयन गर्नुपर्ने आवाज बढ्दै गएपछि विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा संस्थासँग सम्बन्धित सरोकारवालाहरू समेत छलफलमा जुटिरहेका छन्।
संस्थाको अध्यक्ष पदमा वर्तमान अध्यक्ष कृष्णप्रसाद न्यौपान...


