इतिहासदेखि वर्तमानसम्मको सूक्ष्म पारखी: लेखा संयोजकमा शालिकराम कोइराला !
नवलपुर - कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आगामी असार ६ गते शनिवार हुने निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ। यसै क्रममा संस्थाको आर्थिक पारदर्शिता र सुशासनको मुख्य जिम्मेवारी मानिएको 'लेखा समिति संयोजक' पदमा बौद्धिक एवं बहुआयामिक व्यक्तित्व शालिकराम कोइरालाले उम्मेदवारी दिएपछि चुनावी माहोल थप गर्माएको छ।
संस्थाको स्थापना कालदेखि हालसम्मका हरेक गतिविधि, नीतिगत निर्णय र आर्थिक उतारचढावहरूलाई अत्यन्तै सूक्ष्म ढंगले नियाल्दै आउनुभएका कोइरालाको चुनावी मैदानमा प्रवेश...


