×

गैंडाकोट- नवलपुरको गैंडाकोट नगरपालिका वडा नं. २ बस्ने २८ वर्षीया सन्तोषी श्रेष्ठ विगत दुई दिनदेखि बेपत्ता भएकी छिन्।  श्रेष्ठ असार १४ गते साँझ ८:०० बजे आफ्नो स्कुटर लिएर घरबाट निस्किएकी थिइन्।

पारिवारिक स्रोतका अनुसार घरबाट निस्किएपछि उनी सम्पर्कविहीन भएकी हुन्। खोजी गर्ने क्रममा उनले प्रयोग गरेको बा. प्र. ०६-००१ प १४९९ नम्बरको स्कुटर तनहुँ र चितवनको सिमानामा पर्ने पवित्र धार्मिक स्थल देवघाटको हनुमानचोकमा पार्किङ गरी राखिएको अवस्थामा फेला परेको छ। स्कुटर फेला परिए तापनि सन्तोषीको भने हालसम्म कुनै पत्तो लाग्न सकेको छैन।

स्कुटर देवघाट क्षेत्रमा भेटिएकाले प्रहरी र स्थानीयले उक्त क्षेत्र वरपरका सम्भावित स्थानहरूमा खोजी कार्यलाई तीव्रता दिएका छन्।

प्रहरी र परिवारले सन्तोषी श्रेष्ठलाई कतै देख्नुहुने वा उहाँको बारेमा कुनै पनि जानकारी पाउनुहुने महानुभावहरूलाई तुरुन्तै नजिकैको प्रहरी कार्यालय वा मोबाइल नम्बर 9855059853 मा सम्पर्क गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरेका छन्।

तपाईको प्रतिक्रिया