×

नवलपुर विशेष

इच्छाकामनाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै हमला, आक्रमणकारी फरार

इच्छाकामनाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै हमला, आक्रमणकारी फरार
चितवन- चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै ज्यान मार्ने उद्देश्यले सांघातिक हमला भएको छ। घटनाको विरोधमा गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरूले दोषीलाई कारबाही नभएसम्मका लागि कार्यालयका सम्पूर्ण कामकाज ठप्प पारेका छन्। बिहीबार (आज) बिहान करिब ११:०० बजेको समयमा आफ्नो पदीय कर्तव्य पालना गरिरहेका प्रमुख प्रशासकीय अधिकृतमाथि उनकै कार्यकक्षभित्रै आक्रमण भएको हो। चितवनको कालिका नगरपालिका वडा नं. २, पदमपुरस्थित 'किंगफिसर कन्स्ट्रक्सन'का प्रोपाइटर लाल...

गैंडाकोटकी २८ वर्षीया सन्तोषी श्रेष्ठ बेपत्ता, देवघाटमा भेटियो स्कुटर

गैंडाकोटकी २८ वर्षीया सन्तोषी श्रेष्ठ बेपत्ता, देवघाटमा भेटियो स्कुटर
गैंडाकोट- नवलपुरको गैंडाकोट नगरपालिका वडा नं. २ बस्ने २८ वर्षीया सन्तोषी श्रेष्ठ विगत दुई दिनदेखि बेपत्ता भएकी छिन्।  श्रेष्ठ असार १४ गते साँझ ८:०० बजे आफ्नो स्कुटर लिएर घरबाट निस्किएकी थिइन्। पारिवारिक स्रोतका अनुसार घरबाट निस्किएपछि उनी सम्पर्कविहीन भएकी हुन्। खोजी गर्ने क्रममा उनले प्रयोग गरेको बा. प्र. ०६-००१ प १४९९ नम्बरको स्कुटर तनहुँ र चितवनको सिमानामा पर्ने पवित्र धार्मिक स्थल देवघाटको हनुमानचोकमा पार्किङ गरी राखिएको अवस्थामा फेला परेको छ। स्कुटर फेला परिए तापनि सन्त...

पानी र मानवीय संवेदना: कृष्णदाइको सम्झनलायक ४ वर्ष

पानी र मानवीय संवेदना: कृष्णदाइको सम्झनलायक ४ वर्ष
पानी केवल तिर्खा मेट्ने तिर्सना मात्र होइन रहेछ, यो त दुःखसुखको सहयात्री पनि बन्न सक्दो रहेछ। गफगाफमा आदर्शका कुरा गर्न सजिलो हुन्छ, तर पदमा बसेर जनताको आँसु र हाँसोलाई महसुस गर्न निकै गाह्रो हुन्छ। गैँडाकोट पम्पिङ (खानेपानी) संस्थाको इतिहासमा वि.सं. २०७९ जेठ २९ गतेदेखि भर्खरै असार ७ गतेसम्मको चार वर्ष यस्तै एउटा मर्मस्पर्शी अध्याय बन्यो, जसको नेतृत्व पूर्व वडाध्यक्ष समेत रहेका कृष्णप्रसाद न्यौपाने- अर्थात्  'कृष्णदाइ'ले गरेका थिए। विलासिताको गाडी होइन, जनताको ओठको मुस्कान ...

बुलिङटारको बजेट- ५० करोड ५७ लाख

बुलिङटारको बजेट- ५० करोड ५७ लाख
बुलिङटार- बुलिङटार गाउँपालिकाको गाउँसभाको १९औँ अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। गाउँपालिकालाई समृद्ध, आत्मनिर्भर र नागरिकमैत्री स्थानीय शासनको दिशामा अघि बढाउने स्पष्ट खाकासहित गाउँसभाले कुल ५० करोड ५७ लाख ३४ हजार २ सय २८ रुपैयाँ बराबरको बजेट पारित गरेको हो। अधिवेशनमा गाउँसभाका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष ई. दिपेन्द्र सुनारी मगरले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष दिल मा...

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
गैँडाकोट-  नवलपुर–चितवन क्षेत्रकै प्राविधिक शिक्षामा ऐतिहासिक फड्को मार्दै गैँडाकोटमा पहिलोपटक काठमाडौँ विश्वविद्यालय (KU) बाट सम्बन्धन प्राप्त ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (BIT) कार्यक्रम भित्रिएको छ ।  गैँडाकोट–५ मा यसै वर्षदेखि सञ्चालनमा आएको नयाँ र अत्याधुनिक शैक्षिक संस्था एन.आई.टी. (NIT) कलेजले आज एक विशेष पत्रकार सम्मेलनको आयोजना गरी शैक्षिक सत्र २०२६ का लागि भर्ना औपचारिक रूपमा खुला भएको घोषणा गरेको हो । आजको प्रतिस्पर्धात्मक बजारमा केवल शैक्षिक प्रमाणपत्र मात्र ...

नवलपरासी पश्चिममा बस र ट्रक ठोक्किँदा एकको मृत्यु, ३ घाइते

नवलपरासी पश्चिममा बस र ट्रक ठोक्किँदा एकको मृत्यु, ३ घाइते
बर्दघाट-  नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान ट्रकले बसलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने बस चालकसहित तीन जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार बिहान अन्दाजी ०५:०० बजे काठमाडौंबाट त्रिवेणीतर्फ जाँदै गरेको लु.प्र. ०१-००१ ख ०६६५ नम्बरको बसलाई सोही दिशामा गुडिरहेको ना ५ ख १९०५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी नवलपरासी पूर्व, विनयी त्रिवेणी गाउँपालिका–६ की ३० ...

देवेन्द्र र बिना बने गैँडाकोटका उत्कृष्ट कर्मचारी, नगरसभामा नगदसहित सम्मान

देवेन्द्र र बिना बने गैँडाकोटका उत्कृष्ट कर्मचारी, नगरसभामा नगदसहित सम्मान
गैँडाकोट-  गैँडाकोट नगरपालिकाले यस वर्षको उत्कृष्ट कर्मचारीको रूपमा दुई जना कर्मचारीहरूलाई नगद र सम्मानपत्रसहित सम्मानित गरेको छ। नगरपालिकाको आज सम्पन्न १९औँ नगरसभा अधिवेशनको अवसरमा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गरेबापत उनीहरूलाई सम्मान गरिएको हो। सम्मानित हुनेहरूमा गैँडाकोट नगरपालिकाको पञ्जिकरण शाखाका प्रमुख देवेन्द्र बहादुर कुमाल र गैँडाकोट–१८ मा रहेको रतनपुर स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव बिना कुमारी माप्छन मगर रहेका छन्। नगरसभाको भव्य समारोहका बीच नग...

गैंडाकोटमा सार्वजनिक भयो गायिका जीवनी र बिन खातीको ‘पोखरा धनगढी’ (भिडियो)

गैंडाकोटमा सार्वजनिक भयो गायिका जीवनी र बिन खातीको ‘पोखरा धनगढी’ (भिडियो)
गैंडाकोट- गायिका जीवनी कुमारी कुमाल र गायक बिन खातीको स्वरमा सजिएको नयाँ लोकदोहोरी गीत 'पोखरा धनगढी' गैंडाकोटमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। माया प्रेमको कथामा आधारित यस गीतको भिडियोमा गैंडाकोट आसपासका पर्यटकीय क्षेत्रहरूलाई आकर्षक रूपमा समेटिएको छ। गीत सार्वजनिक गर्दै गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले भिडियोमा स्थानीय धार्मिक तथा पर्यटकीय स्थलहरू समेटिएकाले यसले क्षेत्रको पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। गीतको भिडियोमा मौलाकाल...

कावासोती खानेपानीमा नयाँ युगको सुरुवात: हेमु पाण्डे ऐतिहासिक जिततर्फ!

कावासोती खानेपानीमा नयाँ युगको सुरुवात:  हेमु पाण्डे ऐतिहासिक जिततर्फ!
नवलपुर। कावासोतीबासी उपभोक्ताहरूको भविष्य र शुद्ध खानेपानीको ग्यारेन्टी गर्ने ‘कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था’को नयाँ नेतृत्व चयनका लागि भोलि (शनिबार) मतदान हुँदैछ। निर्वाचनको पूर्वसन्ध्यामा निष्कलंक छवि, स्थापित सामाजिक व्यक्तित्व एवं विकासप्रेमी नेता हेमप्रसाद पाण्डे (हेमु) को पक्षमा सम्पूर्ण ६ वटै वडामा अभूतपूर्व जनलहर देखिएको छ। "राजनीति र सामाजिक क्षेत्र पेसा होइन, विशुद्ध सेवा हो" भन्ने मान्यतालाई जीवनमै लागू गरेर देखाउनुभएका पाण्डेको पक्षमा ७ हजार ९ सय ९१...