गैंडाकोट नगरपालिकामा हालसम्म ८६९ जनालाई अपाङ्गता परिचयपत्र वितरण
गैंडाकोट- गैंडाकोट नगरपालिकाले नगरभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूको पहिचान, अधिकार र राज्यबाट पाइने सेवासुविधा सुनिश्चित गर्ने उद्देश्यका साथ अपाङ्गता परिचयपत्र वितरण कार्यलाई निरन्तरता दिँदै आएको छ। स्थानीय तहबाटै पहिचान र वर्गीकरण सुरु भएपछि नगरभित्र हालसम्म परिचयपत्र प्राप्त गर्ने नागरिकहरूको कुल संख्या ८६९ पुगेको छ।
नगरपालिकामा प्राप्त हुने निवेदनहरूलाई व्यवस्थित र पारदर्शी रूपमा निरूपण गर्न नगर उपप्रमुखको संयोजकत्वमा ११ सदस्यीय अपाङ्गता परिचयपत्र वितरण समन्वय समिति...


