×

गैंडाकोट – जिल्ला उद्योग वाणिज्य संघ नवलपरासी (बर्दघाट सुस्ता पूर्व), गैंडाकोटको चौथो अधिवेशन तथा निर्वाचन प्रक्रिया अन्तर्गत नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। निर्वाचन समितिले प्रकाशन गरेको अन्तिम नतिजा अनुसार संघको आगामी कार्यकालका लागि अध्यक्ष पदमा छवि लाल कंडेलसहित सम्पूर्ण पदाधिकारी, कार्यसमिति सदस्य तथा लेखा समितिका सबै पदहरूमा निर्विरोध चयन सम्पन्न भएको हो।

संस्थाको वरिष्ठ उपाध्यक्षमा तेजनारायण पाण्डे, प्रथम उपाध्यक्षमा नवराज कंडेल, द्वितीय उपाध्यक्षमा सुरेन्द्र तिवारी र तृतीय उपाध्यक्षमा राजेन्द्र गौतम निर्वाचित हुनुभएको छ। त्यसैगरी उद्योग तर्फको उपाध्यक्षमा दिपक प्रसाद भट्टराई, वाणिज्य तर्फको उपाध्यक्षमा शालिकराम सापकोटा, महासचिवमा माधव प्रसाद सापकोटा, कोषाध्यक्षमा किशोर कुमार लम्साल, सचिवमा परमेश आचार्य र सह-कोषाध्यक्ष (महिला) मा सिर्जना पौडेल निर्विरोध चयन हुनुभएको छ।

कार्यसमिति सदस्य तर्फ वाणिज्य विधाबाट अमृत श्रेष्ठ, कृष्ण कंडेल, घनश्याम पराजुली, जयलाल पराजुली, तिर्थराज थनेत र रूद्र सापकोटा गरी ६ जना निर्वाचित हुनुभएको छ। उद्योग विधाबाट कमल शर्मा, देशबन्धु सिग्देल, राकेशकुमार हरलाल्का र बुद्धिबहादुर वि.क. गरी ४ जना सदस्य बन्नुभएको छ।

त्यस्तै, वस्तुगत सदस्यमा गुरू प्रसाद नेपाल र देवी प्रसाद पौडेल, एसोसिएट/कर्पोरेट सदस्यमा मेघराज कंडेल र सुर्यप्रसाद घिमिरे, महिला उद्यमी व्यवसायी सदस्यमा मिना दाहाल तथा क्षेत्रीय बजार समिति सदस्यमा शेषकान्त कोइराला सर्वसम्मत रूपमा चयन हुनुभएको छ।

संस्थाको वित्तीय प्रणाली तथा लेखा परीक्षणलाई व्यवस्थित बनाउन गठित लेखा समितिको संयोजकमा चिन्तामणि कंडेल (सि.आर) र सदस्यहरूमा अर्जुनबहादुर थापा, जीवनकुमार रेग्मी, मोहनराज पौडेल तथा नारायणप्रसाद अधिकारी निर्वाचित हुनुभएको छ।

निर्वाचन संयोजक जनकराज ढुङ्गानाका अनुसार व्यवसायीहरू बीचको सहमति र सहकार्यका कारण सबै पदमा प्रतिस्पर्धा विना नै नेतृत्व चयन सम्भव भएको हो। स्थानीय उद्योगी तथा व्यवसायीहरूले यो सर्वसम्मत चयनले क्षेत्रको व्यावसायिक एकतालाई मजबुत बनाएको र नयाँ टोलीले स्थानीय आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया