नवलपुर । नवलपुरको गैँडाकोटमा गाई काटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का अनुसार गैँडाकोट नगरपालिका वडा नं. ७ बस्ने ५६ वर्षीय सिताराम तामाङ पक्राउ परेका हुन्।
गैँडाकोट-७ स्थित पिसपार्कमा गाई/गोरु जस्तो देखिने चौपाया काटी करङ र टाउकोको भाग फालिएको सूचना पाएपछि खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा तामाङलाई पक्राउ गरेको हो। पक्राउ परेका तामाङलाई नवलपुर जिल्ला अदालतबाट पशुपंक्षी सम्बन्धी कसूरमा थप अनुसन्धानका लागि ७ दिनको म्याद अनुमति लिइएको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो।



उज्यालो खबर

