×

कावासोती-  पूर्वी नवलपरासीको कावासोतीमा गुडिरहेको एक विद्युतीय (EV) हाइसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

बुधबार दिउँसो अन्दाजी १५:०० बजेको समयमा कावासोती नगरपालिका वडा नं. २ स्थित इन्द्र चोकस्थित पूर्व-पश्चिम राजमार्गमा उक्त दुर्घटना भएको हो । दाउन्नेबाट नारायणगढतर्फ आउँदै गरेको लु.प्र. ०१-००१ ज १०४२ नम्बरको EV हाइसले बाटो क्रस गर्दै गरेको लु १७ प ८१६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि मोटरसाइकल चालक कावासोती नगरपालिका वडा नं. ४ बस्ने ४० वर्षीय सुशील पौडेल र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३९ वर्षीय नारायण पाण्डे घाइते भएका छन् । घाइतेमध्ये चालक पौडेलको दुवै हात र खुट्टामा चोट लागेको र उनको अवस्था मध्यम रहेको छ भने पाण्डेको अवस्था सामान्य रहेको छ । घाइते दुवै जनाको हाल नवलपुर अस्पताल कावासोतीमा उपचार भइरहेको छ ।

प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारी साधन र हाइस चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ बस्ने ३१ वर्षीय रमेश घर्तीलाई नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया