गैँडाकोट– गैँडाकोट इङ्ग्लिस स्कुलले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा ऐतिहासिक सफलता हासिल गर्दै नवलपुर जिल्लामै सर्वोत्कृष्ट स्थान प्राप्त गरेको छ। सार्वजनिक नतिजा अनुसार विद्यालयले ९८.३३ प्रतिशत औसत उत्तीर्ण दर कायम गर्दै जिल्लाभरिकै सर्वाधिक सफल विद्यालय बन्न सफल भएको हो।
यस वर्षको नतिजामा विद्यालयबाट ३.६१ देखि ४ जीपीए (GPA) सम्म ल्याउने उत्कृष्ट विद्यार्थीहरूको संख्या समेत जिल्लाभरिका विद्यालयहरूमध्येकै सर्वाधिक रहेको छ।
यस अभूतपूर्व र स्वर्णिम उपलब्धिको कदर गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (PABSON), नवलपुरले विद्यालयलाई विशेष प्रशंसापत्रद्वारा सम्मानित गरेको छ। सोही अवसरमा परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने जेहेन्दार तथा मेहनती विद्यार्थीहरूलाई पनि विशेष सम्मान गरिएको छ।
जिल्लामै सर्वाधिक नतिजा र उच्च जीपीए ल्याउने विद्यार्थीहरूको संख्यासहित उत्कृष्ट बनेपछि विद्यालय परिवारमा ठुलो उत्साह छाएको छ। विद्यालयका प्राचार्य हिरालाल अर्यालले यस सफलतालाई विद्यालयको सामूहिक प्रयासको प्रतिफल भन्नुभएको छ।
प्राचार्य अर्यालले भन्नुभयो: “हाम्रा विद्यार्थीहरूको कडा परिश्रम, ३.६१ देखि ४ जीपीएजस्तो उच्च अंक ल्याउन उनीहरूले गरेको लगाव, शिक्षक-शिक्षिकाहरूको कुशल मार्गदर्शन, अहोरात्रको खटाई र आदरणीय अभिभावकज्यूहरूले हामीप्रति देखाउनुभएको अटुट विश्वासकै कारण आज गैँडाकोट इङ्ग्लिस स्कुलले यो ऐतिहासिक उचाइ हासिल गर्न सफल भएको हो। नवलपुर जिल्लामै सर्वाधिक उत्तीर्ण प्रतिशत र उच्च जीपीए संख्यासहित PABSON बाट सम्मानित हुन पाउनु हाम्रा लागि गर्वको विषय हो। आगामी दिनमा पनि शैक्षिक गुणस्तर र संस्कारयुक्त शिक्षालाई अझ सुदृढ बनाउँदै लैजाने हामी प्रतिबद्धता व्यक्त गर्दछौँ।”
प्राचार्य अर्यालले ऐतिहासिक सफलतामा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारी परिवारप्रति हार्दिक बधाई तथा कृतज्ञता समेत व्यक्त गर्नुभएको छ।




उज्यालो खबर




