नवलपरासीमा सिकार खेल्दा गोली लागेर युवक घाइते, ९ जना नियन्त्रणमा
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बिनयी त्रिवेणी गाउँपालिका–४, सिलौटे स्थित सूर्यविनायक सामुदायिक वनमा सिकार खेल्ने क्रममा एक जना व्यक्ति घाइते भएका छन्।
१३ गते साँझ करिब १९:३० बजे भएको उक्त घटनामा पाल्पा जिल्ला निस्दी गाउँपालिका–७, देवकी स्थायी घर भई हाल बिनयी त्रिवेणी–३, कटुसघारी बस्दै आएका अन्दाजी २८ वर्षीय खिम बहादुर राक्से मगर घाइते भएका हुन्। उनको पेटको बाँया भागमा दुई वटा गोली लागेको प्वाल देखिएको छ।
घाइतेलाई प्रारम्भिक उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्...


