रास्वपाबाट फर्किएपछि करुणासागरको स्पष्ट लाइन: झुक्याएर होइन, बहस गरेर जितौं
नवलपुर - राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी पुनः नेपाली कांग्रेसमा फर्किएका करुणासागरले सुसंस्कृत राजनीति, सुशासन र भ्रष्टाचारमुक्त समाजको नारामा व्यवहारिक इमानदारी आवश्यक रहेको बताएका छन्।
आज बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले नवलपुर–१ का मतदातामाझ भ्रामक आरोप र झुटा प्रचार फैलाइएकोप्रति असन्तुष्टि जनाए। बाहिरबाट नेता बोलाएर सडक र चोकचौराहामा भ्रम सिर्जना गर्ने प्रयास भएको उल्लेख गर्दै उनले यस्तो अभ्यासले सुसंस्कृत राजनीतिको आधार कमजोर बनाउने बताए।
...


