बालेन नेतृत्वको सरकारमा कति मन्त्रालय रहलान् ?
काठमाडौं । नयाँ प्रधानमन्त्री नियुक्तिसँगै सरकारले मन्त्रालयहरुको संख्या घटाउने तयारी थालेको छ । आज प्रधानमन्त्री पदको शपथ ग्रहण गर्न लागेका बालेन शाह निकट सचिवालयले कतिपय मन्त्रालयहरु गाभ्ने योजनाका बनाइरहेको हो ।
सरकारले १० साउन, २०७५ मा जारी गरेको कार्यविभाजन नियमावली अनुसार, हाल २१ मन्त्रालय छन् । मन्त्रालय सरहको संरचना समेत रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय जोड्ने हो भने यो संख्या २२ पुग्छ ।
तर अब भने सरकारले मन्त्रालयहरुको संख्या १५ देखि १८ कायम गराउने...


