नवलपरासी (पूर्व)- गैडाकोट नगरपालिका वडा नं. ४ स्थित जयश्री खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ।४ गते अन्दाजी १४:४५ बजेको समयमा नवदुर्गा टोल बस्ने मनिषा थापाकी ११ वर्षीया छोरी सजिना थापा आफ्ना साथीहरूसँग लुगा धुन तथा पौडी खेल्न खोलामा गएकी थिइन्।
सोही क्रममा उनी अचानक खोलाको गहिरो भागमा डुबेर बेपत्ता भएकी थिइन्। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर खोजतलास गरेको थियो।खोजतलासका क्रममा बालिकालाई पानीको दहबाट मृत अवस्थामा फेला पारी बाहिर निकालिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ।




उज्यालो खबर




