चुनावको मुखैमा गोपाल सापकोटा रास्वपामा प्रवेश
नवलपुर- नेपाली कांग्रेसका नवलपुर–१ ‘क’ सभापति गोपाल सापकोटा ले आज साँझ अचानक पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
सापकोटाले आफ्नो फेसबुक पोस्टमार्फत यो निर्णय सार्वजनिक गर्दै भनेका छन् कि देशले खोजेको पारदर्शी, जवाफदेही र परिणाममुखी परिवर्तनका लागि नयाँ बाटो रोज्न बाध्य भएको अनुभवले उनी रास्वपामा प्रवेश गर्न प्रेरित भएको हो।
उनले स्पष्ट पारेका छन् कि यो कदम रिस, द्वेष वा असन्तुष्टिबाट होइन, तर देश र नागरिकको आवश्यकता र नयाँ परिवर...


