कावासोतीमा आफ्नै धरातलबाट उठेको उम्मेदवार: बालकृष्ण घिमिरेको यात्रा र सपना
कावासोती- नवलपुर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका बालकृष्ण घिमिरेले आज कावासोतीमा आयोजित चुनावी भेटघाट कार्यक्रममा आफ्ना भावनाहरू खुलेर व्यक्त गरे। लामो समयदेखि सामाजिक सेवा र जनप्रतिनिधि भएर काम गर्दै आएका घिमिरेले आफूलाई “सिंगो कावासोतीको साझा उम्मेदवार”का रूपमा प्रस्तुत गर्दै जनताको विश्वास र आशिर्वाद नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताए।
कार्यक्रममा उनले भने, “मेरो छाती गर्वले चौडा भएको छ। मेरा सबै अभिभावकहरू साथमा हुनुहुन्छ, आशिर्वाद दिनुभएको छ। पह...


