×

नवलपरासी (बर्दघाट सुस्ता पूर्व), मध्यबिन्दु नगरपालिका–७ स्थित हरियाली जंगल नजिक पूर्व–पश्चिम राजमार्गमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार  बिहान करिब ०९:३० बजे दुम्किबासबाट कावासोतीतर्फ जाँदै गरेको लु १ ख ९५८० नम्बरको चामल बोकेको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ग.प्र.०१-००१ च ०४७४ नम्बरको कारलाई ठक्कर दिएको थियो।

दुर्घटनामा कार चालक कास्की, पोखरा महानगरपालिका–२६ निवासी ३३ वर्षीय दिपु गुरुङ गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा लगिएकोमा बिहान १०:१२ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्रक चालक रुपन्देही, शुद्धोधन गाउँपालिका–१ निवासी ४४ वर्षीय महेन्द्र कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै सवारी साधनसमेत नियन्त्रणमा राखिएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया