गैँडाकोटमा जारी मेयरकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदै
गैँडाकोट- नवलपुरको गैँडाकोटमा जारी गैँडाकोट मेयरकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछन्। नवजागरण खेल मैदानमा बिहान १० बजे लुम्बिनी प्रदेश र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने दिउँसो १ बजे मधेश प्रदेश र गण्डकी प्रदेश आमनेसामने हुने तालिका रहेको आयोजकले जनाएको छ।
यसअघि हिजो सम्पन्न उद्घाटन खेलमा मेयर इलेभेन विजयी भएको थियो। कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै आयोजक टोलीले प्रतियोगितामा सुखद सुरुवात गरेको हो।
प्रतियोगिताबारे नवजागरण ग्रामीण वि...


