गैँडाकोटमा नेपालकै पहिलो क्रुज सेवा सञ्चालनमा
गैँडाकोट- गैँडाकोटस्थित नारायणी नदीमा जल पर्यटनको प्रवर्द्धन तथा धार्मिक पर्यटकीय क्षेत्रहरूलाई आपसमा जोड्ने उद्देश्यसहित नेपालकै पहिलो क्रुज सेवा सञ्चालनमा आएको छ। ‘राइनो क्रुज’ नाम दिइएको उक्त क्रुजको आइतबार साँझ विधिवत् उद्घाटन भएसँगै नियमित सेवा सुरु गरिएको हो।
नवलपुर र आसपासका क्षेत्रलाई दिगो तथा सम्भावनायुक्त नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित क्रुज सञ्चालनमा ल्याइएको बताइएको छ। उद्घाटन कार्यक्रममा गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले राइनो क...


