गैडाकोटका युवकको पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा मृत्यु
देवचुली - देवचुली नगरपालिका–१ केउरनीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा गैडाकोटका एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
अन्दाजी ६:४५ बजेतिर दलदलेबाट अमरापुरीतर्फ जाँदै गरेको प्र.३–०३–००१ प ८७३३ नम्बरको मोटरसाइकल सडक निर्माणका क्रममा डाइभर्सनका लागि राखिएको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक गैडाकोट नगरपालिका–१४, अमरापुरीका ३२ वर्षीय जिवन क्षेत्री गम्भीर घाइते भएका थिए। देवचुली नगर अस्पत...


