पारिजात आमा समूह गैँडाकोट–५ ले पायो नयाँ नेतृत्व
गैँडाकोट- पारिजात आमा समूहको दशौँ साधारणसभा तथा पाँचौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले तारा शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा हेमा घर्ती मगर, सचिवमा सरस्वती अधिकारी, कोषाध्यक्षमा सीता कडेल, सहसचिवमा कविता कंडेल तथा सह–कोषाध्यक्षमा सविता सुवेदी चयन हुनुभएको छ। सदस्यहरूमा पार्वती ठकुरी , उषा पाण्डे, विष्णु गहतराज, विमला दाहाल, सन्जु ढकाल र तुलसी पौडेल रहनुभएको छ।
साधारणसभा तथा अधिवेशनको उद्घाटन सत्रको...


