×

नवलपुर- ४४औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा गैंडाकोट नगरपालिकाले स्थानीय बिदा घोषणा गरेको छ।

नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै फागुन १५ गते शुक्रबार नगरपालिकाअन्तर्गतका सबै सरकारी कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था तथा सार्वजनिक संघ–संस्थामा स्थानीय बिदा दिइएको जनाएको हो।जारी सूचनामा उक्त दिन राष्ट्रिय मगर एकता दिवसको पावन अवसरमा बिदा दिइएको उल्लेख गरिएको छ।

यसैबीच नगर प्रमुख मदनभक्त अधिकारीले दिवसको अवसरमा सम्पूर्ण नगरवासी तथा मगर समुदायमा शुभकामना व्यक्त गरेका छन्। उनले मगर समुदायले भाषा, संस्कृति र पहिचान संरक्षणमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै आपसी एकता, सहकार्य र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउन दिवसले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

नगरपालिकाले सम्बन्धित सबै निकायलाई सो दिन सार्वजनिक सेवा प्रवाह बन्द रहनेबारे जानकारी गराइसकेको जनाएको छ।

तपाईको प्रतिक्रिया