इन्स्टाग्रामको सुरक्षा त्रुटी समाधान गरेवापत गैडाकोटका रुविनलाई २ लाख २५ हजार पुरस्कार
नवलपुर - नवलपुरको गैँडाकोटका १८ वर्षीय विद्यार्थी रुबिन बास्ताकोटीले विश्वप्रसिद्ध सामाजिक सञ्जाल Instagram (Meta) को प्रणालीमा गम्भीर सुरक्षा कमजोरी पत्ता लगाएका छन्। उक्त कमजोरीका कारण Meta Verified सदस्यता प्रयोगकर्ताले मासिक शुल्क नतिरी पनि ब्लु टिक (Verification Badge) सक्रिय राख्न सक्ने अवस्था रहेको पाइएको थियो।
रुबिन हाल अक्सफोर्ड कलेज गैँडाकोटका BCA प्रथम सेमेस्टरका विद्यार्थी हुन्। उनले पत्ता लगाएको कमजोरीलाई समयमै समाधान नगरिएको भए Meta कम्पनीलाई ठूलो आर्थिक क्षति...


