गैँडाकोटमा आयुर्वेद स्वास्थ्य शिविर, ५४७ जना लाभान्वित
गैँडाकोट- नवलपुरको गैँडाकोटमा शनिबार राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, काठमाडौंको सहकार्यमा गैँडाकोट नगरपालिकाले आयोजना गरेको निशुल्क आयुर्वेद स्वास्थ्य शिविर तथा औषधी वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
शिविर बिहान ९ बजे शुरू भएर दिउँसो ३ बजे सम्म जनक नमूना माविको प्राङ्गणमा सञ्चालन भयो। कार्यक्रममा डा. सन्तोष कुमार ठाकुर, कार्यकारी निर्देशक, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, काठमाडौंले अध्यक्षता गर्नुभएको थियो भने मेयर मदनभक्त अधिकारी प्...


