नारायणीमा हामफालेर युवक बेपत्ता
गैडाकोट- गैडाकोट नगरपालिका–५ कुसुमघाटस्थित शिवमन्दिर नजिक नारायणी नदीमा हामफालेर एक युवक बेपत्ता भएका छन्। घटना सोमबार साँझ करिब ५ बजे भएको हो।
बेपत्ता हुने युवक बैतडी जिल्ला, दशनथचन्द नगरपालिका–९, नागार्जुन बर्तौलीका २१ वर्षीय तरुण भण्डारी हुन्। उनी राईनो वाटर इन्टरटेनमेन्ट प्रा.लि.ले निर्माण गरिरहेको क्रुज (पानी जहाज)मा कार्यरत थिए।
घटनाका समयमा भण्डारीले सोही क्रुजमा रहेका चितवन, भरतपुर–४, शिवघाटका ४५ वर्षीय शिव भट्टराईलाई आफ्नो मोबाईल दिई भिडियो खिचिदिन अनुरोध गरेका थिए...


