×

नवलपुर विशेष

गैडाकोटमा रेड बुल फ्याक्ट्रीविरुद्ध स्थानीयको विरोध प्रदर्शन

गैडाकोटमा रेड बुल फ्याक्ट्रीविरुद्ध स्थानीयको विरोध प्रदर्शन
गैडाकोट–१७ स्थित सरस बेभरेज कम्पनी प्रा.लि. (रेड बुल) ले स्थानीय कामदारलाई रोजगार नदिएको तथा पटक–पटकको छलफलपछि पनि सकारात्मक कदम नचालेको आरोपसहित स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूले आज फ्याक्ट्री परिसरमा पुगेर विरोध प्रदर्शन गरेका छन्। फ्याक्ट्री व्यवस्थापनसँग स्थानीय प्रतिनिधिहरूले धेरैपटक समन्वय गर्न खोजेपनि कम्पनीले स्थानीय कामदार राख्ने विषयमा निरन्तर टालमटोल गरेको स्थानीयको आरोप छ। यसैबीच आजको स्वतःस्फूर्त प्रदर्शनमा जनप्रतिनिधि, श्रमिक तथा स्थानीयवासीहरू सहभागी भएको जन...

बुलिङटारमा रोटरीको सेवा: न्यानो कपडादेखि सुरक्षित पानीसम्म

बुलिङटारमा रोटरीको सेवा: न्यानो कपडादेखि सुरक्षित पानीसम्म
नवलपुर-  बुलिङटार गाउँपालिका–५ भदौरीस्थित श्री उदय मा.वि.मा शनिबार रोटरी क्लब अफ गैडाकोटले पहिलोपटक पुगेर ११६ जना छात्र–छात्रालाई न्यानो कपडा, स्कुल झोला र स्टेसनरी सामग्री वितरण गरेको छ। त्यस्तै विद्यालयमा पानी फिल्टर पनि जडान गरिदिँदै स्वस्थ्य र सुरक्षित पिउने पानीको व्यवस्थामा सहयोग गरेको छ। दुर्गम भेगमा रहेको र अघिसम्म कुनै पनि संघ–संस्थाबाट सहयोग नपाएको विद्यालयमा रोटरी क्लब पुगेपछि विद्यालय परिवार र स्थानीयवासी उत्साहित बनेका थिए। कार्यक्रम रोटरी क्लबका अध्यक्ष रो. हिर...

नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि नवलपुर–१ बाट प्रतिनिधि चयन ( मतसहित)

नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि नवलपुर–१ बाट प्रतिनिधि चयन ( मतसहित)
नवलपुर– नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि नवलपुर क्षेत्र नं. १ बाट मतदानमार्फत प्रतिनिधि चयन भएका छन्। भर्खरै सकिएको मतगणनाले खुला, महिला र युवा तिनै तहमा प्रतिस्पर्धा तीव्र देखिएको थियो। खुला तर्फ कडा प्रतिस्पर्धाबीच मुक्तिराम पाण्डे ९५९ मतसहित शीर्षस्थानमा रहँदै निर्वाचित बनेका छन्। त्यस्तै भिमलाल कंडेल ९१२ मत, रोशन बहादुर गहा मगर ८४४ मत र नरदेव न्यौपाने ८३८ मत प्राप्त गरी प्रतिनिधि चयन भएका छन्। महिला तर्फ महिलातर्फ भाग लिनेमध्ये पार्वता तिवारी १०५४ मत प्राप...

एनपिएलमा आज पनि दुई खेल: चितवनले काठमाडौंसँग र कर्णालीले विराटनगरसँग खेल्दै

एनपिएलमा आज पनि दुई खेल: चितवनले काठमाडौंसँग र कर्णालीले विराटनगरसँग खेल्दै
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदै छन्। पहिलो खेल बिहान पौने १२ बजे चितवन राइनोज र काठमाडौं गोर्खाज बीच हुने छ भने दोस्रो खेल अपराह्न ४ बजे विराटनगर किंग्स र कर्णाली याक्स आमनेसामने हुनेछन्। पहिलो मैच दुवै टोलीका लागि बराबरी महत्वको छ। दुवैले अहिलेसम्म २–२ खेल जितेका छन्। काठमाडौंले आज प्रतियोगिताको पाँचौं खेल खेल्दै छ भने चितवनको यो तेस्रो खेल हुनेछ। चितवनले एक खेलमा हार बेहोरेको छ भने काठमाडौंले दु...

अन्तरविद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा अक्सफोर्ड सेकेन्डरी स्कुल प्रथम

अन्तरविद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा अक्सफोर्ड सेकेन्डरी स्कुल प्रथम
गैंडाकोट – अक्सफोर्ड सेकेन्डरी स्कुलले आयोजना गरेको अन्तरविद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा अक्सफोर्ड सेकेन्डरी स्कुलले पहिलो स्थान हासिल गरेको छ। गैंडाकोटका १३ विद्यालयका विद्यार्थीहरूले बुधबार अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टको सभाहलमा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा बाल विकास इंग्लिस स्कुल दोस्रो, विजय सामुदायिक शिक्षा सदन तेस्रो, र साइनिड्ड इंग्लिस सेकेन्डरी स्कुल चौथो स्थानमा रहे। अक्सफोर्ड कलेजका प्राचार्य प्रो. डा. इन्जिनियर हरीप्रसाद भण्डा...

पुस २५ देखि गैँडाकोट महोत्सव -उद्योग, पर्यटन र संस्कृतिको एकै स्थानमा भव्य प्रदर्शन

पुस २५ देखि गैँडाकोट महोत्सव -उद्योग, पर्यटन र संस्कृतिको एकै स्थानमा भव्य प्रदर्शन
गैँडाकोट- पुस २५ गतेदेखि चौथो गैँडाकोट महोत्सव सुरु हुने भएको छ। उद्योग वाणिज्य संघ गैँडाकोटले आज पत्रकार सम्मेलन गरी नारायणी नदी किनारमा आयोजना हुन लागेको महोत्सवको विस्तृत योजना सार्वजनिक गरेको हो। संघका अनुसार महोत्सवले स्थानीय उद्योग, व्यापार, कृषि, पर्यटन र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। कार्यक्रमबारे जानकारी दिँदै आयोजकले करिब २५० स्टल, २ लाखभन्दा बढी दर्शक तथा २५ करोड रुपैयाँभन्दा बढी आर्थिक कारोबार हुने अनुमान गरिएको बताए। देशभरका ...

रास्वपा गैडाकोट नगर समितिद्वारा ११ विभागमा नेतृत्व मनोनयन, संगठन विस्तारमा नयाँ गति

रास्वपा गैडाकोट नगर समितिद्वारा ११ विभागमा नेतृत्व मनोनयन, संगठन विस्तारमा नयाँ गति
गैडाकोट - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैडाकोट नगर समितिले विभिन्न १० विभागमा प्रमुख, उपप्रमुख र सदस्य मनोनयन गर्दै संगठनलाई संगठित तथा प्रभावकारी बनाउने उद्देश्यले ठूलो संरचनात्मक कार्य सम्पन्न गरेको छ। नगर सभापति बिमल घिमिरेका अनुसार यो प्रक्रिया पार्टीको स्थानीय गतिविधि सक्रियता, सुशासन प्रवर्द्धन र जनसमस्यासँग प्रत्यक्ष सम्बन्धित कामलाई संस्थागत बनाउने अभियानको महत्वपूर्ण चरण हो। जनसम्पर्क विभागमा ढुण्डिराज आचार्यलाई प्रमुख र अमृता बगालेलाई उपप्रमुख तोकिएको छ भने...

चोरमारामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चोरमारामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नवलपरासी (पूर्व)- शनिबार साँझ मध्यबिन्दु नगरपालिका–७ चोरमारा उकालोमा भएको ट्रक–मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। कावासोतीबाट भैरहवा तर्फ गइरहेको प्रदेश २–०३–००१ ख ७१६४ नम्बरको ट्रकले बिपरीत दिशाबाट आएको ना ३४ प १२८५ नम्बरको मोटरसाइकललाई करिब १६:२५ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक ३६ वर्षीय लोकबहादुर थारु, मध्यबिन्दु–१५ निवासी, गम्भीर घाइते भएका थिए। उपचारका लागि तत्काल मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा पुर्‍याइएका थारुलाई चिकित्सकले १...

बुटवल जाँदै गरेको बस दुर्घटना: खजुरी खोलामा २० यात्रु घाइते

बुटवल जाँदै गरेको बस दुर्घटना: खजुरी खोलामा २० यात्रु  घाइते
नवलपरासी (पूर्व)-  पूर्व–पश्चिम राजमार्गअन्तर्गत मध्यबिन्दु नगरपालिका–८ खजुरी खोला नजिक आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २० जना यात्रु घाइते भएका छन्। बिहान करिब ०९:४० बजे नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २८४५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सवारी साधन सडकबाट करिब १०–१५ मिटर तल खाल्डोमा खसी पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनाको बेला बसमा करिब ३०–३५ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी छ। घाइतेहरूलाई तत्काल उद्धार गरी मध्यबिन्दु प्रादेश...