बुटवलतर्फ जाँदै गरेको स्कुटरलाई बसको ठक्कर, चालकको मृत्यु
नवलपुर- पूर्व–पश्चिम राजमार्गको मध्यबिन्दु नगरपालिका–८ गडारखोला नजिक आज बिहान भएको बस–स्कुटर ठक्कर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन्।
बिहान करिब ४:१५ बजे नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको बा.प्र.०२–०२२प–८९५५ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको सु.प्र.०२–००१ख–१३७१ नम्बरको बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय (पूर्व) ले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक धादिङ नीलकण्ठ–५ का २६ वर्षीय शिवजी ओस्ती गम्भीर घाइते भएका थिए। उपचारका लागि मध्यबिन्दु...


