कावासोतीमा स्कुटर र अटो ठोक्किँदा तीन जना घाइते
नवलपरासी (पूर्व) । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–३ सभापति चोकस्थित पूर्व–पश्चिम राजमार्गमा स्कुटर र अटो ठोक्किँदा तीन जना घाइते भएका छन्।
आज अपरान्ह करिब ४ बजे दुम्किबासबाट नारायणगढतर्फ आउँदै गरेको ना ४३ प १०१७ नम्बरको स्कुटर र बाटो क्रस गर्दै गरेको ग.प्र.०४–००१ ह ०१७७ नम्बरको अटो एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक चितवन भरतपुर–१३ का ३३ वर्षीय सरकार क्षेत्री, स्कुटरमा पछाडि सवार मा...


