×

गैडाकोट- आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ लाई लक्षित गर्दै गैडाकोट नगरपालिकामा मतदाता नामावली, मतदान स्थल तथा मतदान केन्द्रसम्बन्धी सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार नगरपालिकाभर १८ वटा वडामा ४५ हजारभन्दा बढी मतदाता रहेका छन्।

गैडाकोट नगरपालिकामा रहेका कुल मतदातामध्ये पुरुष मतदाता करिब २२ हजार र महिला मतदाता करिब २३ हजार रहेका छन्। विवरणअनुसार नगरपालिकामा हाल अन्य लिङ्गका मतदाता दर्ता छैनन्। यसले नगरपालिकामा महिला मतदाताको संख्या पुरुषभन्दा केही बढी रहेको देखाउँछ।

निर्वाचन कार्यालयका अनुसार गैडाकोट नगरपालिकाको वडा नं. १ मा ४ हजार ९ सय ६३ मतदाता रहेका छन्। वडा नं. २ मा ४ हजार ७ सय १९, वडा नं. ३ मा २ हजार ४ सय ३५, वडा नं. ४ मा ३ हजार ३ सय ६ मतदाता रहेका छन्।सबैभन्दा धेरै मतदाता रहेको वडा नं. ५ मा ५ हजार १२ मतदाता दर्ता भएका छन्। त्यस्तै वडा नं. ६ मा २ हजार ४ सय ५९, वडा नं. ७ मा २ हजार १ सय ४१, र वडा नं. ८ मा ३ हजार २३ मतदाता रहेका छन्।

वडा नं. ९ मा सबैभन्दा कम अर्थात् १ हजार ३ सय ५१ मतदाता रहेका छन्। त्यसैगरी वडा नं. १० मा २ हजार ८ सय ९४, वडा नं. ११ मा २ हजार ९ सय १०, र वडा नं. १२ मा २ हजार ६ सय ३१ मतदाता रहेका छन्।वडा नं. १३ मा २ हजार ८ सय ३४, वडा नं. १४ मा ३ हजार ७१, वडा नं. १५ मा २ हजार १ सय ८१, र वडा नं. १६ मा १ हजार ९ सय ८३ मतदाता रहेका छन्।त्यस्तै वडा नं. १७ मा १ हजार ३ सय ५४ र वडा नं. १८ मा १ हजार ६ सय ८३ मतदाता सूचीकृत छन्।

निर्वाचनलाई व्यवस्थित, सुरक्षित र सहज बनाउन नगरपालिकामा कुल २२ वटा मतदान स्थल तोकिएका छन् भने ६१ वटा मतदान केन्द्र स्थापना गरिने निर्वाचन कार्यालयले जनाएको छ। धेरै मतदाता भएका वडामा मतदान केन्द्रको संख्या पनि सोहीअनुसार बढाइएको छ।

तपाईको प्रतिक्रिया