×

काठमाडौँ । नेपालको प्रतिष्ठित शैक्षिक संस्था अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका प्राचार्य प्रा. डा. इन्जिनियर हरि भण्डारी Association of Engineering Colleges Nepal (AECoN) को आज सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ।

इन्जिनियरिङ शिक्षाको विकास, शैक्षिक गुणस्तर अभिवृद्धि तथा नीति निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्दै आउनुभएका प्रा. डा. भण्डारीको नेतृत्वमा AECoN ले नेपाली इन्जिनियरिङ शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न थप सशक्त पहल गर्ने अपेक्षा गरिएको छ।

उहाँको कार्यकालमा शिक्षा क्षेत्रको सुदृढीकरण, इन्जिनियरिङ कलेजहरूबीच सहकार्यको विस्तार, गुणस्तरीय शिक्षाको प्रवर्द्धन तथा राष्ट्रिय हितमा आधारित शैक्षिक नीतिहरू निर्माणमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

शिक्षा क्षेत्रका सरोकारवाला, शैक्षिक संस्था तथा शुभेच्छुकहरूले प्रा. डा. इ. हरि भण्डारीलाई उक्त उच्च, गरिमामय तथा उत्तरदायित्वपूर्ण पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई दिँदै उहाँको कार्यकाल सफल, प्रेरणादायी तथा ऐतिहासिक उपलब्धिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया