×

नवलपुरको गैँडाकोटमा स्कारपियोको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत गैँडाकोट नगरपालिका–१० स्थित लांघाली चोकमा आज दिउँसो स्कारपियोले ठक्कर दिँदा सोही ठाउँ बस्ने ८२ वर्षीय भुवनसिंह मस्रांगी मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी विरेन्द्रराज गुरुङले जानकारी दिनुभयो।

ठक्कर दिने स्कारपियोको नम्बर खुल्न नसकेको र सवारीसाधन घटनापछि फरार भएको उहाँले बताउनुभयो। फरार स्कारपियोको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया