नवलपुर- नेपाली कांग्रेसका नवलपुर–१ ‘क’ सभापति गोपाल सापकोटा ले आज साँझ अचानक पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
सापकोटाले आफ्नो फेसबुक पोस्टमार्फत यो निर्णय सार्वजनिक गर्दै भनेका छन् कि देशले खोजेको पारदर्शी, जवाफदेही र परिणाममुखी परिवर्तनका लागि नयाँ बाटो रोज्न बाध्य भएको अनुभवले उनी रास्वपामा प्रवेश गर्न प्रेरित भएको हो।
उनले स्पष्ट पारेका छन् कि यो कदम रिस, द्वेष वा असन्तुष्टिबाट होइन, तर देश र नागरिकको आवश्यकता र नयाँ परिवर्तनको आकांक्षाबाट प्रेरित रहेको छ।
साथै सापकोटाले नेपाली कांग्रेसमा बिताएको समयलाई आफ्नो राजनीतिक विद्यालय बताएर, पार्टीका सबै अग्रज, साथी र शुभेच्छुकप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले सम्बन्ध विचार र पार्टीभन्दा माथि रहने विश्वास व्यक्त गर्दै भविष्यमा देशका लागि परिणाममुखी राजनीति गर्न प्रतिबद्धता जनाएका छन्।
चुनावको मुखैमा सापकोटाको यो कदमले क्षेत्रीय राजनीतिक समीकरणमा ठूलो हलचल ल्याउने सम्भावना छ र कांग्रेसका लागि चुनौतीपूर्ण परिस्थितिको संकेत गर्दछ।



















उज्यालो खबर









