गैँडाकोट- नवलपरासी (पूर्व) को गैँडाकोट नगरपालिका–४ कालिगण्डकी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।मृतक गैँडाकोट नगरपालिका–४ इटाभट्टी बस्ने २८ वर्षीय नविन घताने रहेको प्रहरीले जनाएको छ।
शुक्रबार साँझ करिब ४:५० बजे भृकुटीचोकबाट काँग्रेस चोकतर्फ जाँदै गरेको ना ५ ख ९००६ नम्बरको ट्रकले विपरीत दिशाबाट गलत लेन प्रयोग गरी आउँदै गरेको ना २८ प ४२६० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका घतानेलाई उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा साँझ ५:०९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्रक र ट्रक चालक भक्तपुर नगरपालिका–७ बस्ने ४२ वर्षीय आश कुमार सादलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















उज्यालो खबर











