×

नवलपुर – बुलिङटार गाउँपालिका–३, धारापानी घर भएका ४६ वर्षीय बासुदेव तिवारी भैरहवामा सकुशल फेला परेका छन्। भारतबाट नेपाल फर्किने क्रममा चैत १ गतेदेखि सम्पर्कविहीन भएका तिवारीलाई खोजीका क्रममा भैरहवा क्षेत्रमा नै फेला पारिएको हो।

उनी अन्तिम पटक भैरहवा भन्सारसम्म सुरक्षित रूपमा आइपुगेका थिए, तर त्यसपछि अचानक सम्पर्कविहीन भएपछि परिवारजन तथा स्थानीयवासी चिन्तित बनेका थिए। आफन्त र स्थानीयको सक्रिय खोजी तथा प्रहरीको समन्वयमा उनी फेला परेका हुन्।

यसअघि तिवारी हराएको खबर उज्यालो खबरले बुधबार प्राथमिकताका साथ प्रकाशन गरेको थियो, जसपछि परिवार र स्थानीयवासीमा चिन्ता फैलिएको थियो।हाल तिवारीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी उनलाई परिवारको जिम्मा लगाउने तयारी गरिरहेको छ।

तपाईको प्रतिक्रिया