×

गैँडाकोट-  नवलपुरको गैँडाकोटस्थित काग्रेसचोकमा बिग मार्ट सुपर मार्केट को नयाँ शाखा भोलिदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। देशभर विस्तार हुँदै आएको बिग मार्टको यो १४६ औँ शाखा हो, जसले गैँडाकोट क्षेत्रमा आधुनिक किनमेल सेवाको थप विस्तार गर्ने अपेक्षा गरिएको छ।

नयाँ शाखा उद्घाटनको अवसर पारेर ग्राहकलाई लक्षित गर्दै विभिन्न आकर्षक सहुलियत तथा विशेष अफरहरू सार्वजनिक गरिएको छ। एरिया म्यानेजर नरेश सिंह धामीका अनुसार उद्घाटन अवधिभर दैनिक उपभोग्य वस्तुहरूमा विशेष छुटको व्यवस्था गरिनेछ। यससँगै केही चयनित सामानमा अतिरिक्त छुट, उपहार योजना तथा विभिन्न प्रचारात्मक कार्यक्रमहरू समेत सञ्चालन गरिने जनाइएको छ।

गैँडाकोटजस्तो तीव्र रूपमा शहरीकरण हुँदै गएको क्षेत्रमा बिग मार्टको नयाँ शाखा सञ्चालनमा आउनुले स्थानीय उपभोक्तालाई एकै स्थानबाट सहज र गुणस्तरीय किनमेलको सुविधा उपलब्ध गराउने विश्वास गरिएको छ। खाद्यान्न, तरकारी, घरायसी सामग्रीदेखि दैनिक आवश्यकताका विभिन्न वस्तुहरू एउटै छानामुनि उपलब्ध हुने भएकाले उपभोक्तालाई समय र लागत दुबै बचत हुने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार ग्राहकलाई स्वच्छ, व्यवस्थित तथा सहज किनमेल वातावरण प्रदान गर्ने लक्ष्य राखिएको छ। साथै, गुणस्तरीय सेवा र उचित मूल्यमा सामग्री उपलब्ध गराउँदै उपभोक्ताको विश्वास जित्ने रणनीतिका साथ शाखा सञ्चालनमा ल्याइएको जनाइएको छ।

बिग मार्टले देशका विभिन्न शहरहरूमा आफ्नो उपस्थिति विस्तार गर्दै आधुनिक र व्यवस्थित खुद्रा व्यापारलाई प्रोत्साहन दिँदै आएको छ। गैँडाकोटमा नयाँ शाखा सञ्चालनसँगै स्थानीय बजारमा प्रतिस्पर्धा बढ्नुका साथै उपभोक्ताले थप विकल्प पाउने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया