PHOTO-AI
नवलपुर – गैँडाकोट–२ स्थित अक्सफोर्ड सेकेन्डरी स्कुलले नयाँ शैक्षिक सत्र २०८३ का लागि भोलिदेखि भर्ना प्रक्रिया सुरु गर्ने भएको छ। विद्यालयले वैशाख ९ गतेदेखि नियमित कक्षा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।
हालसम्म शिलान्यास चोकस्थित पुरानो भवनबाट सेवा दिँदै आएको विद्यालयले अब अक्सफोर्ड कलेजसँगै रहेको अत्याधुनिक इन्जिनियरिङ भवनबाट कक्षा सञ्चालन गर्नेछ। साथै, विद्यालयको आफ्नै सुविधासम्पन्न भवन निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ।विद्यालयमा हाल करिब ६५० जना विद्यार्थी अध्ययनरत छन् भने ६५ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन्।
विद्यालयले यसलाई केवल भौतिक संरचनाको परिवर्तन मात्र नभई “नयाँ युगको सुरुवात” का रूपमा लिएको जनाएको छ। अघिल्लो वातावरणबाट आधुनिक पूर्वाधार र अत्याधुनिक सुविधायुक्त नयाँ भवनमा सर्दै गर्दा विद्यालयले आफ्नो शैक्षिक लक्ष्यलाई अझ परिष्कृत गरेको उल्लेख गरेको छ।
विद्यालयका प्रशासन प्रमुख नारायण सिग्देलले भने, “हामीले केवल भवन परिवर्तन गरेका होइनौँ, हामीले सोच र उद्देश्यलाई पनि नयाँ उचाइमा पुर्याएका छौँ। उत्कृष्ट नतिजासँगै अब अनुशासनमा समेत नमूना विद्यालय बन्ने हाम्रो लक्ष्य हो। विद्यार्थीहरूलाई विश्वस्तरीय दक्षता र जहाँसुकै सफल हुन सक्ने आत्मविश्वास दिलाउने दिशामा हामी अघि बढेका छौँ।”
उत्कृष्ट शैक्षिक नतिजाबाट पहिचान बनाएको यस विद्यालयले अब यस क्षेत्रकै सबैभन्दा अनुशासित शैक्षिक संस्थाको रूपमा स्थापित हुने प्रतिबद्धता व्यक्त गरेको छ। विद्यालयका अनुसार विद्यार्थीहरूमा विश्वस्तरीय दक्षता विकास गर्नुका साथै संसारको जुनसुकै कुनामा पनि सफल हुन सक्ने आत्मविश्वास निर्माण गर्ने लक्ष्य राखिएको छ।
विद्यालयले यस परिवर्तनकारी यात्राको हिस्सा बन्न र शिक्षाको नयाँ स्तर अनुभव गर्न सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूलाई हार्दिक स्वागतसमेत गरेको छ।



















उज्यालो खबर










