×

नवलपुर – राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत नवलपुर जिल्लामा बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने भएको छ।

कार्यक्रम अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइनेछ भने १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि पनि प्रदान गरिनेछ।

प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंका अनुसार जिल्लामा ६ महिनादेखि ५९ महिनासम्मका २२ हजार ६३१ बालबालिका र १२ महिनादेखि ५९ महिनासम्मका २० हजार ५६५ बालबालिकालाई औषधि खुवाउने लक्ष्य निर्धारण गरिएको छ।

उहाँका अनुसार जिल्लाका सबै स्थानीय तहमा दुई दिनसम्म अभियान सञ्चालन गरी लक्षित बालबालिकासम्म औषधि पुर्‍याइनेछ।

स्वास्थ्यकर्मी तथा स्वयंसेविकामार्फत सञ्चालन हुने उक्त कार्यक्रममा अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकैको केन्द्रमा ल्याई सेवा लिन अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया